भाजपा प्रार्थी बीपी बजगाइँले गरे लाब्दा मङपुमा चुनाउ प्रचार

मङपु : खरसाङ विधानसभा आसनका भाजपा प्रार्थी बीपी बजगाइँ आज चुनाउ प्रचार गर्दै लाब्दा मङपु समष्टि आइपुगे। तिनले यहाँको रेसेप प्रणामी मन्दिर गएर पुजा अर्चना गरेपछि रेसप दीपक प्राथमिक पाठशालामा पुगेर चुनावी सभालाई सम्बोधन गरे। उक्त सभामा अन्य पार्टी छोडेर भाजपा सामेल हुनेहरूलाई प्रार्थी बीपी बजगाइँले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


चुनाउ प्रचार अवधि तिनीसित भूपू विधायक तथा गोरामुमो नेता एनबी छेत्री, भाजपा तक्दाह खण्ड महासचिव प्रदीप छेत्री, एलबी लकान्द्री लगायत गोरामुमो तथा भाजपाका नेता र कार्यकर्ताहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *