भाजपा प्रार्थी निरज जिम्बाले मन घिसिङको उपस्थितिमा मगरजोङमा गरे चुनाउ प्रचार

मगरजोङ : दार्जिलिङ विधानसभा आसनका भाजपा प्रार्थी निरज जिम्बा र गोरामुमो अध्यक्ष मन घिसिङले आज पोख्रेबुङ नागरी समष्टि साथै मगरजोङको विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गरे। प्रचार प्रसार अवधि तिनीहरूले स्थानीयहरू मानिसहरूसित भेटघाट गरे भलाकुसारी गर्दै मतदान गर्ने अपील पनि गरे। चुनाउ प्रचार अवधि तिनीहरूले 1986 सालको गोर्खाल्यान्ड आन्दोलनमा शहीद बनेका भुवनसिंह प्रधानको सुपुत्री बेनु प्रधानसित भेटघाट गरेर भविष्यमा सहयोग गर्ने आश्वासन पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *