राजगञ्ज, 8 नोभेम्बर (निसं): 40 परिवार भाजपा छोड़कर तृणमूल सामेल भएका छन्। आज राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत दुधिया गाँउमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा भारतीय जनता पार्टीका समर्थकहरूले तृणमूल काङ्ग्रेसका जलपाईगढी जिल्ला चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायको हात समाएर तृणमूलमा सामेल भए। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, ममता ब्यानर्जीको प्रगति देखेर आज हाम्रो पार्टीमा उनीहरू सामेल भएका हुन्। लगभग 40 परिवार भारतीय जनता पार्टी छोडेर तृणमूल काङ्ग्रेसमा सामेल भएका छन्। यस अवधि मन्तादारी ग्राम पञ्चायत प्रधान अर्चना राय, अञ्चल अध्यक्ष ललित राय, रणवीर मजूमदार लगायत अन्य नेता उपस्थित थिए।