भक्तिनगर थाना इन्चार्जसहित पुलिस अधिकारीलाई  लाइन हाजिर  

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिस थानामा एकपछि अर्को भ्रष्टाचारको मामिला अघि आएको छ। जमीनलाई लिएर दुई पक्षमाझ विवाद हुँदा पुलिसले एउटा पक्षलाई साथ दिएको सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटको भक्तिनगर थाना पुलिसमाथि आरोप उठेको छ। यसपछि भक्तिनगर थानाका इन्स्पेक्टर इन्चार्ज आईसी सुजय तुङ्गा र पुलिस अधिकारी सञ्जीव सुब्बालाई लाइन हाजिर  हुने निर्देश दिएको छ। भक्तिनगर थानाका दुईजना अधिकारीलाई लाइन हाजिर गरेको सिलगढी मेट्रोपोलिटन पुलिसका उच्च अधिकारीहरूले पुष्टि गरेका छन्। प्राप्त जानकारीअनुसार सालुगढा निवासी सुशीला राय र सहरका चर्चित व्यापारी सुरेश अग्रवालबीच एउटा जमीनलाई लिएर विवाद चलिरहेको छ भने मामिला अदालतमा विचाराधीन छ। गत बुधबार यसै विवादलाई लिएर फेरि दुई पक्षमाझ तर्क-वितर्क हुनको साथै हातापाई समेत भएको बताइएको छ। पुलिसले एउटा पक्षका मानिसहरूलाई मात्र हिरासतमा लिएर उक्त मामिला समाधान गर्नको लागि दुवै पक्षलाई थानामा बोलाएको थियो। उक्त घटनापछि एउटी महिलाले सिलगढी पुलिस कमिश्नरलाई भक्तिनगर थाना पुलिसका अधिकारीहरू विरुद्ध उजुरी गरेकी थिइन्। यसैको आधारमा सिलगढी पुलिस कमिश्नरले हिजो बेलुकी भक्तिनगर थानाका दुई अधिकारीलाई लाइन हाजिर गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet