सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट रगतको संकट दूर गर्ने उद्देश्य लिएर सप्ताहव्यापी मेगा रक्तदान शिविरको आयोजना गरियो। यसै अभियान अन्तर्गत आज भक्ति नगर ट्राफिक गार्डमा चौथो रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरको एडीसीपी पूर्णिमा शेर्पाले विधिवत् रूपमा उद्घाटन गरिन्। उक्त शिविरमा ट्राफिक पुलिसकर्मीहरू लगायत साधारण मानिसहरूले स्वेच्छाले रक्तदान गरे। यस अवसरमा एडीसीपी पूर्णिमा शेर्पाले भनिन्, सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट मेगा रक्तदान शिविरको आयोजना गरिरहेको छ। आज भक्ति नगर ट्राफिक गार्ड परिसरमा रक्तदान शिविरको आयोजना गरियो। हालसम्म लगभग 20 युनिटभन्दा अधिक रगत संग्रह गरिसकेको छ। उक्त रक्तदान शिविरमा मेट्रोपोलिटन पुलिसका उच्च पदस्थ अधिकारीहरू लगायत ट्राफिक गार्डका पुलिस कर्मीहरू उपस्थित थिए।
