तकदाह: साझा साहित्य संगीत कला मञ्च तकदाहको आयोजनामा भोली 13 जुलाई 2021को दिन आदि कवि भानुभक्तको 207औ जयन्ती अत्याधुनिक पद्धति अनलाइन मार्फत विविध कार्यक्रम लिएर पालन गर्ने भएको छ। उक्त जानु जयन्ती कार्यक्रममा सरस्वती बन्दना, वेद पाठ, रामायण पाठ लगायत “भारतीय नेपाली जातिय समाज र साहित्यमा भानुभक्तको रामायण” बारे वार्ता, भानुबारे संगीत, आधुनिक गीत, कविता पाठ, कथा वाचन आदि सजीव प्रसारण गरिने भएको छ। यसबारे शिक्षक सैलेश चन्द्र देवानले जानकारी दिएका छन्।