भारत-बङ्ग्लादेश सीमा क्षेत्रमा उर्ष उत्सवको आयोजना

राजगञ्ज : राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको जुम्मागछ इलाकामा भारत-बङ्ग्लादेश सीमान्त पारी उर्ष उत्सवको आयोजना गरियो। पीरबाबा आबुल रशिदको मजारमा आयोजित उक्त उत्सवमा दुई देशका हजारौँ मानिसहरूले अंश ग्रहण गरेका छन्। अब्दुल रशिद नाम गरेका एकजना मुस्लिम धर्मगुरू धेरै वर्षअघि सीमा पारी सन्न्यासीकटामा आफ्नी बहिनीको घरमा आएको समय तिनको मृत्यु भएको स्थानीय मानिसहरूले बताए। तिनको इच्छा अनुसार दुई देशको सीमाना जीरो पोइन्टमा तिनको समाधि बनाइएको थियो। त्यस समय उक्त सीमानामा काँडा तार लगाइएको थिएन। त्यस समयदेखि नै प्रत्येक वर्ष दुई देशका मानिसहरूले फागुन महिनाको विशेष दिनमा संयुक्त रूपमा उर्ष उत्सव मनाउँदै आइरहेका छन्। उक्त सीमानामा हाल काँडे तार लगाए तापनि सीमा सुरक्षा वाहिनीको अनुमति लिएर प्रत्येक वर्ष उर्ष उत्सव पालन गर्दै आइरहेको छ। यस वर्ष अब्दुल रशिदको उक्त उत्सवले 31 वर्ष पुरा गरेको साथै बीएसएफ-को तर्फबाट यस वर्ष सीमानाको गेट निर्दिष्ट समयको लागि खोलिदिएको छ। राजगञ्ज ब्लकबाहेक विभिन्न ठाउँबाट धेरै संख्यामा मानिसहरू मजार सरिफमा आउने गर्दछन्। परिचय पत्र देखाएर सीमाना पार गर्ने अनुमति दिइने गरिन्छ। बङ्ग्लादेशबाट धेरै संख्यामा मानिसहरूले उक्त उत्सवमा भाग लिनको साथै मजार सरिफका धर्मगुरूको कीर्तन, प्रार्थना एवम् मन्नत माग्ने प्रथा चलिआएको छ। उक्त उत्सवमा राजगञ्ज ब्लकका विधायक खगेश्वर राय, पञ्चायत समितिका सभापति पुर्णिमा राय, महकुमा शासक रञ्जन कुमार दास, बीडीओ एनसी शेर्पा, डीएसपी प्रदीप सरकार, उर्ष कमिटीका अध्यक्ष आतियार रहमान, मकसेद आलमलगायत बीएसएफका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom