भारत-बङ्ग्लादेश सिमानामा गाई-गोरू तस्करी गरेको आरोपमा दुईजना बङ्ग्लादेशी पक्राउ

राजगञ्ज : भारत-बङ्ग्लादेश सिमानामा गाई-गोरू तस्करी गरेको आरोपमा बीएसएफले दुईजना बङ्ग्लादेशीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बङ्ग्लादेशको पञ्चगढ जिल्ला निवासी अब्दुल जफार र गोलू मियाँको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार राजगञ्जको चाउलहाटी इलाकाबाट बीएसएफले दुईजना युवकलाई पक्राउ गरेर राजगञ्ज थाना पुलिसलाई सुम्पिदिए। बीएसएफ सूत्रले दिएको जानकारी अनुसार राजगञ्जको कुकुरजान ग्राम पञ्चायतको चाउलहाटीमा 195औँ बटालियनको बीएसएफ क्याम्प अधीन बालासन बीपीओ तसरपाडा इलाकाको सिमानाको काँढे तारको बेरा काटेर गाई-गोरू तस्करी गरिरहेको समय ती दुईजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको हो। पक्रा परेका दुईजना बङ्ग्लादेशी नागरिकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *