सिलगढी: भारत स्वतन्त्रताको 75औं वर्षगाँठको अवसरमा भारतीय खाद्य निगमद्वारा सिलगढीको एयरभ्यु मोड़स्थित एउटा निजी होटलमा आज आजादीको अमृत महोत्सव मनाइयो। सिलगढीका विधायक शंकर घोषले दीप प्रज्वलित गरेर कार्यक्रमको विधिवत् रूपमा शुरुवात गरे। यस अवसरमा डाबग्राम – फुलबारीका विधायक शिखा च्याटर्जी अनि मतिगढा – नक्सलबारीका विधायक आनन्दमय बर्मन पनि प्रमुख रूपमा उपस्थित थिए। कार्यक्रममा खाद्य निगमको विभिन्न परियोजनाहरू बारे उपस्थित मानिसहरूलाई विस्तृत रूपमा अवगत गराइयो। यस सम्बन्धमा खाद्य निगमको सिलगढी मण्डल प्रबन्धक इऩ्द्रनील मण्डलले भने, केन्द्र सरकारको खाद्य परियोजनाहरू साधरण मानिसहरूसम्म पुऱ्याउनको लागि प्रधानमन्त्रीको निर्देशमा हाल सम्पूर्ण देशभरिमैं आजादीको अमृत महोत्सव मनाइ रहेको छ। यसै अन्तर्गत आज सिलगढीमा पनि समारोहको आयोजना गरियो।
