भारतमा अनुप्रवेश गर्ने बङ्गलादेशी युवक जलपाईगढीमा पक्राउ

जलपाईगढी, 1 मई (निसं): रातको अँध्यारोमा भारतमा अवैध रूपमा प्रवेश गर्ने एकजना बंगलादेशी युवक जलपाईगढीबाट पक्रा परेका छन्। बंगलादेशी युवकलाई भारतमा प्रवेश गर्ने क्रममा सीमा सुरक्षा बल-ले नियन्त्रणमा लिएको बताइएको छ। पक्रा परेका युवकको नाम फहिन मोल्ला हो। उनी बंगलादेशको नारायणगञ्ज जिल्लाका वासिन्दा हुन्।
जानकारी अनुसार, बीएसएफ-ले जलपाईगढीको बंगलादेशसित सिमाना जोडिएको मानिकगञ्ज क्षेत्रबाट घुसपैठ गर्ने क्रममा उनलाई समातेको हो।
अघिल्लो कारवाहीका लागि बीएसएफ-ले उनलाई जलपाईगढी कोतवाली थाना पुलिसलाई सुम्पिदिएको छ। युवकलाई आज जलपाईगढी जिल्ला अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *