राजगञ्ज, 11 दिसम्बर (निसं): सिमाना पार गरेर भारतमा प्रवेश गर्ने प्रयास गरिरहेको समय एकजना बंग्लादेशी युवकलाई पक्राउ गरिएको छ। बीएसएफ-ले युवकलाई अवैध रूपमा प्रवेश गर्ने प्रयास गरिरहेको समय भारत-बंग्लादेश सीमाबाट पक्राउ गरेको बताइएको छ। यसपछि तिनलाई थप कार्वाहीको लागि राजगञ्ज थानामा पठाइदिएको छ।
पक्रा परेका बंग्लादेशी युवकको नाम जीवन बर्मन रहेको छ। उनी बंग्लादेशको रंगपुर जिल्लाको ठाकुरगाँउ क्षेत्रका निवासी हुन्। राजगञ्जमा भारत-बंग्लादेश सीमास्थित मदनबाडी पेकराभिटा बीओपी नजिक करतोया नदी पुलको मुनि भारतमा प्रवेश गरिरहेको समय उनलाई बीएसएफले पक्राउ गरेको हो।
आरोपी युवकलाई आज जलपाईगढी जिल्ला अदालतमा पेश गरियो। पुलिसले सोधखोज गर्दा उक्त पक्रा परेका युवकले आफु बंग्लादेशमा सुरु भएको अशान्तीबाट बाँच्नका लागि भारतमा प्रवेश गर्न चाहेको बताएका छन्।