देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 34 लाख 63 हजार 973 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 76 हजार 472 नयाँ मामिला अघि आएको छ भने 1021 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 34 लाख 63 हजार 973 रहेको छ जसमध्ये 7 लाख 52 हजार 424 एक्टिभ मामिला रहेको छ। मोठ 26 लाख 48 हजार 999 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 62 हजार 550 रोगीको मृत्यु भइसकेको छ।