नक्सलबारी, 14 जनवरी (निसं): नक्सलबारीको मियाबस्ती क्षेत्रमा मंगलवार बिहान नेपालबाट भारतमा गाई-बाख्राहरू तस्करी गरिरहेको थियो। गस्ती लगाइरहेको समय एसएसबी-का जवानहरूलाई देखेपछि गाई-बाख्राहरू छोडेर तस्करहरू भागे। एसएसबीको 41 औं बटालियनको मदनजोत क्याम्पका जवानहरूले पाँच वटा गाई र चार वटा भाख्रा जफत गरेको छ। यसपछि एसएसबी-का जवानहरूले ती गाई-बाख्राहरूलाई नक्सलबारी पुलिसको हातमा सुम्पिदिएको छ।
तस्करी रोक्नका लागि एसएसबी जवानहरूले सीमा क्षेत्रमा निरन्तर निगरानी राखिरहेका छन्। यसअघि पनि एसएसबी-ले चिनियाँ लहसुनसहित अन्य विभिन्न वस्तुहरूको तस्करी रोक्न सफल भएको थियो।