खोरीबारी, 5 दिसम्बर (निसं): भारत-नेपाल सिमानाबाट देशी पिस्तोलसहित एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। आरोपीको नाम मोहम्मद मिराज हो। उनी नक्सलबारीको तोताराम जोत निवासी हो। गोप्य सूचनाको आधारमा एसएसबी-ले भारत-नेपाल सीमा नजिक पानीट्याङ्की क्षेत्रमा अभियान चलाएर मोहम्मद मिराजलाई देशी पिस्तोलसहित पक्राउ गरेको बताइएको छ। यसपछि एसएसबी-ले आरोपीलाई खोरीबारी पुलिसलाई सुम्पियो। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरिएको छ। खोरीबारी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरु गरेको छ।