खोरीबारी, 15 अप्रेल (निसं): लागू औषधसहित एकजना युवक पक्रा परेका छन्। ती युवकको बाट 205 ग्राम मोर्फिन उद्धार गरिएको छ। पक्राउ परेका युवकको नाम उदित राई हो। उनी दार्जिलिङ सिंहमारीका वासिन्दा हुन्।
प्राप्त जानकारी अनुसार, खोरीबारीस्थित पानीट्याङकीबाट लागू औषध किनेर नेपाल गइरहेको समय मेची नदी पार गर्ने क्रममा एसएसबी-का जवानहरूले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनीबाट 205 ग्राम मोर्फिन उद्धार गरिएको हो।
पछि एसएसबी-ले उक्त युवकलाई खोरीबारी पुलिसको हातमा जिम्मा लगाइदिएको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।