खोरीबारी : भारत नेपाल सीमास्थित एसएसबी 19औँ बटालियनको समवाय मुख्यालय धनतोलाका जवानहरूले अवैध रूपमा नेपाल लगिरहेको तम्बाकु जफत गर्नको साथै एकजना तस्करलाई पक्राउ गरेको छ। एसएसबीको 19औँ बटालियनले दिएको जानकारी अनुसार एसएसबी समवाय मुख्यालय धनतोलाका उप कमान्डेन्ट नवीन कुमार रायको नेतृत्वमा नाका पेट्रोलिङ गरिरहेको समय जवानहरूले पिलर संख्या 126 नजिक 3 वटा साइकलमा केही लगिरहेको देखे। यसपछि जवानहरूले भारतीय सीमामा रोक्दा तस्करहरू समान छोड़ेर नेपालतर्फ भागे तापनि जवानहरूले एकजना तस्करलाई पक्रन सफल भए। जवानहरूले 3 वटा साइकलमा लादेको 19 बोरा तम्बाकु उद्धार गरे। एसएसबीले आवश्यक कार्वाहीपछि जफत गरेको 19 बोरा तम्बाकु, 3 वटा साइकल र पक्राउ गरेको व्यक्तिलाई कस्टमलाई सुम्पिदिएको बताइएको छ।