भारत नेपाल सिमानाबाट 21 वटा बाख्रा सहित 2 जना पक्राउ

नक्सलबारी : नक्सलबारीको भारत नेपाल सिमानाबाट तस्करी गर्न अगावै 21 वटा बाख्रा सहित 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नक्सलबारीको तोताराम जोत निवासी समिर शेख र मोहम्मद बाबुल सामेल छन्। प्राप्त जानकारी अनुसार एसएसबी 8 नम्बर बटालियनका जवानहरूले भारत-नेपाल सिमाना अन्तर्गत नक्सलबारीको बडामनिराम जोतबाट 21 वटा बाख्रा सहित 2 जनालाई पक्राउ गरेको छ।


पक्रा परेका 2 जना व्यक्तिले अवैध रूपमा उक्त बाख्राहरू नेपालबाट भारतमा तस्करी गरिरहेको थियो।  एसएसबीले पक्रा परेका 2 जना तस्करलाई नक्सलबारी पुलिसलाई सुम्पिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *