नक्सलबारी: नक्सलबारीको भारत नेपाल सिमानाबाट तस्करी गर्न अगावै 26 वटा गाई-गोरू उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार नक्सलबारीको लालीजोत एसएसबी-को 41 बटालियनका जवानहरूले आज तस्करी गर्न अगावै 26 वटा गाई-गोरू उद्धार गरेको छ। नेपालबाट भारत प्रवेश गरिरहेको समय सिमानामा एसएसबी-का जवानहरूलाई देखेर तस्करहरूले गाई-गोरू त्यहीँ छोडेर नेपालतर्फ भागेको एसएसबी सूत्रले जनाएको छ। एसएसबीका जवानहरूले उद्धार गरेको गाई-गोरू नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ।
