भारत-नेपाल सिमानाको मेची नदी ब्रिजमा योगा दिवस पालन 

खोरीबारी (निसं): भारत नेपालको सिमाना स्थित खोरीबारीको पानीट्याङ्कीमा आज विश्व योगा दिवस पालन गरियो। शुक्रवार बिहान पानीट्याङ्की सिमानाको मेची नदीको ब्रिजमा योगा दिवस मनाइयो। यस अवसरमा एसएसबी 41औ बटालियनका अधिकारी, जवान तथा नेपाल आर्मीका जवानहरूले योग दिवसमा अंशग्रहण गरेका थिए। यसको साथै स्थानीय मानिसहरू पनि उक्त योगा दिवसमा भेला भएका थिए। उक्त कार्यक्रमको माध्यमले दुवै देशका सैनिकहरू बीच सम्बन्ध अझ प्रगाढ भएको छ। यस अवसरमा एसएसबी डीआइजी राधा ठाकुरले भने, शरीर स्वस्थ राख्न अनि मानसिक रूपले राम्रो बनाउनका लागि योगाले धेरै फाइदा पुऱ्याउँछ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO