भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सिक्किम शाखा गठन

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जिलिङस्थित केन्द्रीय पार्टी कार्यालयमा सम्पन्न सभामा आज पार्टीको पहिलो सिक्किम शाखा खोलिने घोषणा गरियो। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले अनमोल रतन रसाईलीलाई सिक्किम युनिटको अध्यक्षको पदभार सुम्पे।


पार्टीको सिक्किम शाखामा हाल 18 सदस्य टोलीले काम गर्ने भएको छ। अनित थापाले बताएअनुसार सिक्किममा पार्टीको शाखा खोलेर दार्जिलिङ पहाडका मानिसहरू जो त्यहाँ काम गर्छन् तिनीहरूको निम्ति आवाज बन्न चाहन्छौँ। भविष्यमा राजनीति के-कस्तो हुनेछ त्यो भविष्यले नै बताउनेछ। कुनै पनि राजनीतिक दलले कहीँ पनि संगठन विस्तार गर्न सक्छ। सिक्किम शाखाको निम्ति अध्यक्ष अनमोल रतन रसाईली, उपाध्यक्ष कुन्दन ओझा छेत्री, महासचिव सुबोध खवास, मीडिया प्रभारी पेम्बा शेर्पा, कोषाध्यक्ष दीपक प्रधान लगायत 18 जनाको टोली आज गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *