खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गिताङ्गे बुथ कमिटीको सांगठनिक सभा सम्पन्न भयो। भागोप्रमो-को श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स वर्कर्स युनियनको खरसाङ महकुमा सदस्य सुमित छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा पार्टीको सांगठनिक गतिविधि साथै पार्टीलाई दह्रिलो बनाउने विषयमा चर्चा परिचर्चा गरियो। यसको साथै सभामा आगामी 3 मार्चमा हुने दैलोमा सरकार क्याम्पमा चाहिने कागजपत्रहरू तथा पार्टीको तर्फबाट जनसाधारणलाई जेरक्स गर्न सहयोग गर्ने विषयमा पनि चर्चा गरियो।
सभामा चियाबारी विषयमा भागोप्रमोको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स वर्कर्स युनियनले गरेको कार्यहरूको विषयमा चर्चा गर्दै श्रमिक संगठन गिताङ्गे युनिट कमिटीलाई विघटन गरेर नयाँ युनिट कमिटी गठन गरिने विषयमा पनि चर्चा गरियो। सभामा डुवर्सको चेली सानविका (काल्पनिक नाम)-को हत्याको सटीक रूपमा जाँच गरियोस् भन्दै तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो।