भारतीय पार्सपोर्ट भेरिफिकेसन गर्न जाँदा नेपालका नागरिक पक्राउ

नक्सलबारी : भारतीय पार्सपोर्ट भेरिफिकेसन गर्न जाँदा एकजना नेपालका नागरिकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति नेपालको झापा जिल्ला निवासी 33 वर्षीय गोपाल खड्काको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त युवक आज भारतीय कागजपत्र लिएर पार्सपोर्ट भेरिफिकेसन गर्नको लागि आएका थिए। डीआईबी अफिसमा पुलिसले तिनीसित सोधखोज गर्दा आफू नेपालको नागरिक रहेको स्वीकारे। यसपछि तिनलाई नक्सलबारी पुलिसलाई सुम्पिदियो। पुलिसले उक्त युवकबाट नेहाल राउतिया नाम गरेको भरतीय भोटर कार्ड, आधार कार्ड लगायत अन्य कागजपत्र साथै नेपालको नागरिक परिचय पत्र र पार्सपोर्ट पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş