राजगञ्ज: भ्रामरीदेवीको वार्षिक पूजाको उपलक्ष्यमा राजगञ्जस्थित बोदागञ्जमा पाँच दिवसीय मेला शुरू गरिएको छ। यसको उद्घाटन समाजसेवी तथा तृणमूल कांग्रेसका जलपाइगढ़ी जिल्ला अध्यक्ष कृष्णकुमार कल्याणीले गरे। यस अवधि गरीब महिलाहरूलाई लुगाफाटा वितरण गरियो। मन्दिर कमिटीले बताए अनुसार प्रत्येक वर्ष माघ पूर्णिमाको दिन त्रिस्तोता भ्रामरीदेवीको पूजा गर्ने गरिन्छ। यस वर्ष भ्रामरीदेवीको वार्षिक पूजामा पाँच दिवसीय मेलाको आयोजना गरिएको छ। उक्त मेला अवधि दिनहुँ बङ्गलादेश र कोलकाताका कलाकारहरूद्वारा बाउल गीत लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजन गरिने भएको छ। यसको साथै आगामी 12 फरवरीको दिन यात्रा गीतको पनि आयोजना गरिने छ।