भिन्ना-भिन्नै ठाउँबाट अधिक मात्रामा नशालु पदार्थ जफत, 4 पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले पानीट्याङ्की आउटपोस्ट र एनजेपी थानासित मिलेर दुई भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर नशालु पदार्थ तस्करीको योजनालाई विफल बनाइदिएको छ। घटनामा 4 जनालाई पक्राउ गरेको छ। सूत्रले दिएको जानकारी अनुसार एसओजी र एनजेपी थाना पुलिसले हिजो  राति नौकाघाट विश्व बांग्ला शिल्पी हाट संलग्न क्षेत्रमा एउटा बाइकलाई सन्देहको आधारमा रोकेर छानबीन गर्दा 590 पिस नशालु इन्जेक्सन उद्धार गर्नको साथै 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा स्वपन विश्वास र सन्दीप विश्वास सामेल छन्। अर्कोतिर, एसओजी र पानीट्याङ्की आउटपोस्ट पुलिसले सिलगढीको 10 नम्बर वार्डको सूर्यसेन पार्क संलग्न महाकाल पल्ली इलाकामा अभियान चलाएर एउटा स्कुटीलाई रोकेर छानबीन गर्दा अधिक मात्रामा प्रतिबन्धित कफ सिरप उद्धार गरेको छ। घटना मनोज राय र कौशिक साहालाई पक्राउ गरेको छ। पक्रा परेका 4 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO