भोली शनिवार कोजागरी लक्ष्मी पूजा, बजारमा सामानहरूको मूल्यले ग्राहकहरूको छुट्यो पसिना  

सिलगढी (निसं): भोली शनिवार कोजागरी लक्ष्मी पूजा रहेकोले गर्दा सिलगढीको विभिन्न बजारमा सधैंभन्दा आज अधिक भीड देखियो। तथापि, लक्ष्मी माताको पूजा गर्नका लागि मध्यम वर्गका बंगाली समुदायका मानिसहरूलाई धेरै असुविधा भइरहेको छ। किनभने पूजाले बजारमा सबैजसो समानहरूको मूल्य अधिक बढेको छ। पूजाको लागि समान किन्न आउने ग्राहकहरूले दावी गरे अनुसार सिलगढीमा फल, फूल अनि सब्जीहरूको मूल्य निक्कै बढेको छ। यसैगरी, पूजाका सामाग्रीहरूको पनि मूल्य अधिक बढेको छ। पूजा बजार गर्न आएका गृहिणीहरूको भनाई अनुसार गत वर्षको तुलनामा यस वर्ष सबै सामानहरूको दाम अधिक बढेको छ। तर पनि पूजाको लागि महँगो दाममा सामानहरू किन्न आफुहरू बाध्य छन्।अर्कोतिर, व्यवसायीहरूको दावी अनुसार गत वर्षको तुलनामा सामानहरूको मूल्य अलिक अधिक भए तापनि साह्रै महँगो छैन।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *