भूतपूर्व प्रधान शिक्षक राजबहादुर राई स्व. धनमाया थापा स्मृति साहित्यिक पुरस्कारद्वारा सम्मानित

मिरिक : मिरिकका वरिष्ठ कथाकार, उपन्यासकार तथा भूतपूर्व प्रधान शिक्षक राजबहादुर राईलाई स्व. धनमाया थापा स्मृति साहित्यिक पुरस्कारद्वारा सम्मानित गरियो। साहित्य र शैक्षिक क्षेत्रमा अनवरत सेवा पुर्‍याए वापत छोटाटिङलिङको प्रगतिशील नागरिक मञ्चको तर्फबाट शिक्षक दिवसको अवसरमा स्मृति चिन्ह, दोसल्ला, नेपाली टोपी र नगद राशि पाँच हजार एक रुपियाँ प्रदान गरेर तिनलाई सम्मानित गरियो। उक्त पुरस्कार मञ्चका अध्यक्ष अर्जुन थापाले आफ्नो दिवङ्गत आमा धनमाया थापाको स्मरणमा प्रदान गरेको हो। यसको साथै तिनले आफ्नो आमाकै नाममा स्व. धनमाया स्मृति छात्रवृत्ति 2020 पनि पुटुङ उच्चतर माध्यमिक विद्यालयबाट उच्च माध्यमिक परीक्षामा 74 प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थी प्रणु प्रधानलाई प्रदान गरे। उक्त छात्रवृत्तिमा स्मृति चिन्ह र नगद राशि पाँच हजार एक रुपियाँ प्रदान गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş