भूतपूर्व सैनिकद्वारा शहीदहरूलाई श्रद्धाञ्जलि

खरसाङ : खरसाङ गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन अनि इन्डियन एक्स सर्भिस म्यान लिगका सदस्यहरूले आज चीन र भारतमाझ भएको संघर्षमा शहीद भएका देशका जवानहरूलाई श्रद्धाञ्जली अर्पण गरे। यस कार्यक्रममा भूतपूर्व सैनिकका परिवार तथा यससँग सम्बन्धित व्यक्तिहरूले शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। श्रद्धाञ्जलि कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै भूतपूर्व गोर्खा सैनिक वेलफेयर एसोसिएसनका सचिव शम्भु राईले चीनको यस्तो कायरतापूर्ण कार्यको भर्त्सना गर्नको साथै यदि चीनसितको लडाइँ शुरू भए गोर्खा भूतपूर्व सैनिकहरू साथ दिन पछि नहट्ने बताए। भूतपूर्व गोर्खा सैनिकका परिवारका सदस्यहरूले पनि चीनको उक्त कायरतापूर्वक व्यवहारको घोर विरोध गर्दै शहीदका परिवारप्रति सहानुभूति राख्दै श्रद्धञ्जलि चढ़ाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş