नक्सलबारी : विवेकानन्द सेवा भारती नक्सलबारीको तर्फबाट अन्नपूर्णा श्मशान काली मन्दिरमा आज एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रम अन्तर्गत मन्दिर तथा मन्दिर परिसरमा सेनिटाइज गर्नको साथै श्रद्धालुहरूलाई मास्क तथा खिचड़ी पनि वितरण गरियो। विवेकानन्द सेवा भारती नक्सलबारीका उत्तम तालुकदारले साउन महिनाको सोमबार मन्दिरमा श्रद्धालुहरूले जलाभिषेक गरिरहेका छन्। कोरोना महामारीलाई ध्यानमा राखेर मन्दिर परिसरमा सेनिटाइज गरिएको साथै मन्दिरमा पुजा अर्चना गर्न आउने श्रद्धालुहरूलाई मास्क तथा खिचडी वितरण गरेको तिनले बताए। कोरोना संक्रमितहरूत तथा होम आइसोलेशनमा बसेकाहरूको लागि सेवा भारतीको तर्फबाट निःशुल्क अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको राजा कुन्डुले बताए। यस अवसरमा विवेकानन्द सेवा भारती नक्सलबाका पुतुल तालुकदार, राजा कुन्डु, विधान चन्द्र डे, गौरव डे, आशीष पाल आदि उपस्थित थिए।