विविध मागलाई लिएर वामफ्रन्टको महकुमा परिषद् अभियान

सिलगढी: विविध मागलाई लिएर दार्जिलिङ जिल्ला वामफ्रन्टद्वारा सिलगढी महकुमा परिषद् अभियान चलाइयो। दार्जिलिङ जिल्ला वामफ्रन्टद्वारा आज सिलगढीको महात्मा गाँधी मोडबाट एउटा र्‍याली निकाल्यो। सीपीआईएम शीर्ष नेता अशोक भट्टाचार्य, जीवेश सरकार र समन पाठकले उक्त र्‍यालीको नेतृत्व गरेका थिए। र्‍यालीको माध्यमद्वारा वामफ्रन्टका नेता, कार्यकर्ता तथा समर्थकहरू सिलगढी महकुमा परिषदमा पुगेपछि विक्षोभ प्रदर्शन गरे। र्‍याली अवधि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। वामफ्रन्टको आरोप अनुसार सिलगढी महकुमा परिषद अधीनस्थ ग्रामीण इलाकाका मानिसहरू विभिन्न सरकारी परिसेवाबाट वञ्चित छन्। चाँडै 100 दिने काम शुरू गरिनुपर्ने, ग्रामीण इलाकामा भूमाफियाहरूको दलाली रोक्नुपर्ने, चियाकमानका युवक-युवतीहरूलाई रोजगार दिनुपर्ने, बालुवा-ढुङ्गा खनन कार्य शुरू गर्ने अनुमति दिइनुपर्ने लगायत 16 सुत्रीय मागमा आज वामफ्रन्टद्वारा महकुमा परिषदमा ज्ञापन पत्र चढाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *