विविध मागलाई लिएर आदिवासी सेङ्गेल अभियान दार्जिलिङ जिल्ला कमिटीद्वारा सडक अवरोध

फाँसीदेवा : सरना धर्म कोड प्रदान गरिनुपर्ने, परेशनाथ पहाडलाई जैनहरूबाट मुक्त गरेर आदिवासीहरूलाई सुम्पिने, अण्डमान र असममा जनजातिहरूको लागि एसटी दर्जाको माग, माझी परगनामा लोकतन्त्रीकरण तथा संविधान लागू लगायत कुर्मी महातोहरूलाई एसटीको सूचीमा सामेलविरुद्ध आदिवासी सेङ्गेल अभियान दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट राज्यभरिमा झैँ यता फाँसीदेवाको घोषपुकुरमा 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शन गर्यो। कमिटीका सदस्यहरूले आज हातमा तीर, धनुकाँड बोकेर पथ अवरोध गरे। यसले गर्दा केही समयको लागि वाहनहरूको चलाचल बन्द रहेको थियो। परिस्थिति नियन्त्रणमा ल्याउनको लागि दार्जिलिङ जिल्ला पुलिसका एसडीपीओ लगायत पुलिस अधिकारीहरू घटनास्थलमा पुगेका थिए। जिल्ला अध्यक्ष रेनुका मार्डीले भनिन्, आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहत आन्दोलन गर्नेछौँ। यस विषयलाई लिएर आगामी 30 जुनको दिन कोलकातामा ब्रिगेड अभियान गरिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş