विभिन्न मांगलाई लिएर वनबस्तीका मानिसहरूले वन विभागको रेञ्ज कार्यालयमा बुझाए ज्ञापन

कालचिनी,13 अगस्त (निसं): विभिन्न मांगलाई लिएर वनबस्तीका मानिसहरूले वन विभागको रेञ्ज कार्यालयमा ज्ञापन चढाएको छ। मंगलवार उत्तरबंग वन श्रमजिवी मञ्चको तत्वावधानमा कालचिनी ब्लकको आदमा, रायमाटाङ, पानाबस्तीका मानिसहरूले पाना रेञ्ज कार्यालयमा उक्त ज्ञापन सुम्पिए। वनबस्तीका मानिसहरूले एउटा विशाल रैली निकालेर रेञ्ज कार्यालय सामु पुगे अनि यसपछि त्यहाँ विरोध प्रदर्शन पनि गरे। यस सम्बन्धमा वन श्रमजिवी मञ्चका संयोजक लाल सिंह भुजेलले भने, वन अधिकार कानून प्रयोग हुने क्षेत्रमा वन विभागले कतिपय ठाउँमा हस्तक्षेप गरिरहेको छ। यसको साथै वन विभागले वन क्षेत्रहरूको विकास कार्यहरूमा बाधा पुऱ्याइरहेको छ।  अब हामी अन्याय सहन गर्ने छैनौ। यसैले गर्दा वन विभागको विभिन्न कार्यालयहरूमा ज्ञापन सुम्पिएको तिनले बताए।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet