विदेशी दर्शनार्थीहरूलाई 15 अप्रेलसम्म इस्कन मन्दिरमा प्रवेश निषेध

सिलगढी : कोरोना भाइरसलाई केन्द्र गरेर विदेशी दर्शनार्थीहरूको लागि आगामी 15 अप्रेलसम्म सिलगढीको इस्कन मन्दिरमा प्रवेश गर्न रोक लगाइदिएको छ। मन्दिरका अधिकारीले दिएको जानकरीअनुसार यदि कसैलाई ज्वरो, खोकी, सर्दी र सास लिन असुविधा भएको खण्डमा मन्दिरभित्र प्रवेश नगरिदिने स्थानीय दर्शनार्थीहरूलाई समेत अनुरोध गरिएको छ। यसबाहेक अन्य सबै दर्शनार्थीहरूलाई मन्दिरको प्रवेशद्वारमा पहिला ह्यान्डवाशले हात धुने अनि खुट्टा धोएर मात्र मन्दिरभित्र प्रवेश गर्न दिइने बताइएको छ। अर्कोतिरमन्दिर परिसरमा भीड़ जम्मा नहोस् भन्नेबारे पनि विशेष ध्यान राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *