विधाननगरको राष्ट्रीय राजमार्ग-31मा ट्रकले किच्चाएर बाइक चालकको मृत्यु 

विधाननगर (निसं):  ट्रकको चपेटमा परेर एकजना बाइक चालकको मृत्यु भएको छ। यो घटना फाँसीदेवाको विधाननगर राष्ट्रीय राजमार्ग- 31 को हो। प्राप्त जानकारी अनुसार, बाइकमा सवार भएर एकजना व्याक्ति विधाननगरबाट मुरलीगञ्ज गइरहेको समय पछिल्तिरबाट ट्रकले बाइकलाई धक्का दिँदा बाइक अनियन्त्रित भएर सडकमा पल्टियो अनि ट्रकको चक्काले किच्चाएर बाइक चालकको मृत्यु भयो। उक्त  घटना पछि मुरलीगञ्ज चेक पोस्टमा ट्रक छोडेर चालकले घटनास्थलबाट चम्पट कसे। अर्कोतिर, घटनाको खबर पाएपछि विधाननगर जाँच केन्द्र पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गऱ्यो अनि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। पुलिसले ट्रक अनि दुर्घटनाग्रस्त बाइकलाई आफ्नो नियन्त्रणमा ल्याएको छ। पुलिसले ट्रक चालकको खोजी शुरू गरेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom