फाँसीदेवा : क्रिकेट एसोसिएसन फर द ब्लाइन्ड अफ बंगाल र विधाननगर स्नेहश्रम दृष्टिहीन विद्यालयको पहलमा दृष्टिहीन महिलाहरूको टी 20 वुमेन्स नेशनल ट्र्यागुलर च्याम्पियनशीपको फाइनल खेल आज सम्पन्न भयो। फाँसीदेवाको विधाननगर मुरालीगञ्ज हाई स्कुलमा झारखण्ड बनाम बेङ्गल महिला टोलीमा फाइनल खेल सम्पन्न भयो। दृष्टिहिनतालाई पर्वाह नगरी खेललाई लिएर खेलाडीहरूमा निकै उत्साह देखियो। खेलाडीहरूलाई प्रोत्साहन दिनको लागि पुलिसकर्मी तथा समाजसेवी बापन दास उपस्थित थिए। यसबाहेक विश्व थेलेसमिया दिवसको अवसरमा रक्तदान शिविरको पनि आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। यस अवसरमा पद्मश्री प्रापक करिमूल हक, मुरालीगञ्ज हाई स्कुलका प्रधानाध्यापक शामसुल आलम, स्नेहाश्रम दृष्टिहीन विद्यालयका प्रधान शिक्षक आशिष सरकार लगायत अन्य उपस्थित थिए।
