सिलगढी: खरसाङका विधायक बीपी बजगाइँलाई कोलकाताबाट ट्रेनमार्फत आफ्नो घर सिलगढी फर्किँदा आज यहाँको एनजेपी स्टेशन परिसरमा क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत जनाए। विधायक बीपी बजगाइँले बङ्गाल विधानसभामा अलग राज्यको कुरा उठान गरेकोले गर्दा नै तिनको उक्त पहललाई स्वागत जनाउँदै क्रामाकपाले तिनलाई आज स्वागत गर्नको साथै बधाई दिएको बताइएको छ।
