खोरीबारी : फाँसीदेवा-खोरीबारीका विधायक दुर्गा मुर्मूले आज बिन्नाबारी ग्राम पञ्चायतको डाङ्गुजोत इलाकाको निरीक्षण गरे। यस अवधि इलाकाका मानिसहरूले उक्त क्षेत्रमा सड़क निर्माण, अस्पताल निर्माण लगायत विभिन्न मागहरू विधायक समक्ष राखे। विधायक मुर्मूले इलाकाका मानिसहरूको विविध समस्याहरू सुनेर उक्त समस्याहरूको हरसम्भव समाधान गरिदिने आश्वासन दिएका छन्। यस अवसरमा विधायक दुर्गा मुर्मूसित नेशनल काउन्सिलका मेम्बर गणेश चन्द्र देवनाथ, मण्डल अध्यक्ष भोला नाथ सिद्धा, अनिल राय, वीरेन सिकदर लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।
