राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज राजगञ्ज ग्रामीण अस्पताल लगायत दुईवटा सेफ हाउसको निरीक्षण गरे। हाल कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर मगरडाङ्गी क्षेत्रको औद्योगिक क्षेत्रभित्र एउटा सेफ हाउसमा कोरोना संक्रमितहरूको उपचार चलिरहेको छ भने केही दिनभित्रको अवधिमा त्यहीँ अझै एउटा सेफ हाउस खोलिने भएको छ। यसैले आज विधायक खगेश्वर रायले उक्त क्षेत्रको निरीक्षण गरे। यस अवधि तिनले बताएअनुसार राजगञ्ज ग्रामीण अस्पतालमा टीकाकरणको प्रक्रिया राम्ररी चलिरहेको छ भने सेफ हाउसको परिसेवा के-कस्तो चल्दैछ भन्ने विषयमा जानकारी लिनको लागि आज यसको निरीक्षण गर्न आएको हो। तिनले अझ भने, गत सोमबार बेलाकोवा ग्रामीण अस्पतालमा टीकाकरणमा गड़बड़ी तथा भाई-भतीजावादको आरोप अघि आएपछि उक्त मामिलाको जाँच गर्नको साथै ब्लक स्वास्थ्य अधिकारीलाई आवश्यक कदम उठाउने निर्देश दिएको छ। मानिसहरूलाई कोरोनाको भ्याक्सिन नियमित रूपमा प्राप्त होस् भन्ने उद्देश्य लिएर आफू ब्लक स्वास्थ्य अधिकारीहरूसित सम्पर्क राखिरहेको तिनले बताए।