विधायक निरज जिम्बाको सहयोगमा रोगीहरूलाई आर्थिक सहयोग राशि प्रदान

दार्जिलिङ (निसं): दार्जिलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बामार्फत आफ्नो विधानसभा क्षेत्रका बिरामीहरुलाई उपचारको निम्ति मुख्यमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग प्रदान गरिरहेका छन्। यसैक्रममा घुम जोरबङ्लो निवासी सावित्री राईलाई 5 हजार रूपियाँ सहयोग प्राप्त भएको छ। यसैगरी लेबोङ भेल्ली मध्य हर्सिङ हट्टा निवासी क्यान्सर रोगले पीडित सन्ध्या गुरुङको लागि आवश्यक कागजपत्र सहित मुख्यमन्त्री राहत कोषको निम्ति पत्राचार गरिदिएपछि तिनले 1 लाख रूपियाँ आर्थिक सहयोग प्राप्त गरेकी छन् । यस सहयोगको निम्ति पीडित परिवार पक्षले विधायक जिम्बाप्रति आभार व्यक्त गरेको छ। यसवाहेक, दार्जिलिङ भिक्टोरिया फल्स निवासी कल्पना शर्माले उपचारको निम्ति 87 हजारसुके पोखरी निवासी दीप गिरीले आफ्नो उपचारको निम्ति 52 हजार, समलबुङ बिजनबारी निवासी सन्ध्या थापाले 34 हजार, फुपछिरिङ चियाबारी निवासी राज कुमार गुरुङले उपचारको निम्ति 1 लाख रूपियाँ आर्थिक सहयोग प्राप्त गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom giriş