दार्जिलिङ: कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जिलिङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरुमा सेनिटाइज गरिने कार्यलाई जारी राखेको छ। यसै क्रममा दार्जिलिङ नगरपालिका वार्ड नम्बर 9 अन्तर्गत डाक्टर जाकिर हुसैन रोडमा रहेको गुरुद्वारामा सेनिटाइज गरेको गोरामुमो केन्द्रीय समिति कार्यालय प्रभारी अमर तामाङले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार विधायक निरज जिम्बाको सहयोगमा गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटीका सदस्यहरुले दार्जिलिङ शहरमा जनताको अपिल अनुसार व्यापक रुपमा सेनिटाइज गरिने कार्य भइरहेको छ। यसको साथै कोरोना संक्रमित क्षेत्रमा स्थानीय वासिन्दाहरुको अपिलमा गोरामुमोले सेनिटाइज कार्य गर्दै गाउँ-समाज अनि संघ-संस्थाहरुलाई सेनिटाइज गर्नको निम्ति विभिन्न सामग्रीहरु पनि वितरण गरिरहेको छ।
