बिहारमा तस्करी गर्न अगावै 30 किलो गाँजासहित 3 जना पक्राउ

फाँसीदेवा (निसं): फाँसीदेवाको विधान नगर जाँच केन्द्र पुलिसले तीन जना युवकलाई  30 किलो गाँजा सहित पक्राउ गरेको छ।  प्राप्त जानकारी अनुसार विधाननगर अनि घोषपुकुर आउट पोस्ट पुलिसले फाँसीदेवामा मदाति टोल प्लाजा अघि एउटा वाहनलाई रोकेर छोनबिन गर्दा वाहनमा 30 वटा कालो प्लास्टिकको प्याकेट भेट्टाए। उक्त प्लास्टिकमा गाँजा राखिएको थियो। यसपछि पुलिसले तीन जनालाई  पक्राउ गरेको बताइएको छ। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौं रूपियाँ रहेको छ। पक्रा परेको वाहन कुचबिहारबाट बिहारमा गाँजाको तस्करी गर्नको लागि गइरहेको थियो। पक्रा पर्ने सबै आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।  


 

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *