बिहे घरबाट फर्किरहेको समय गुडिरहेको बसबाट खसेर युवकको मृत्यु

फाँसीदेवा : बिहेबाट फर्किरहेको समय गुडिरहेको बसबाट लडेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक जोआकिम केरकेटाको रूपमा चिन्हित गरिएको छ। तिनी राजमिस्त्रीको काम गर्दथे। उक्त घटना फाँसीदेवाको जयन्तिकामा घटेको हो। प्राप्त जानकारी अनुसार फाँसीदेवाको जयन्तिकाबाट बाघडुग्रा फर्किरहेको समय जयन्तिका अन्डरपासमा बसको दैलोबाट एकजना युवक सडकमा लडेपछि तिनलाई तत्कालै उद्धार गरेर बाघडुग्रा ग्रामीण अस्पतालमा लगिरहेको समय बाटोमै युवकको मृत्यु भएको बताइएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *