बिहेको प्रलोभन देखाएर युवतीसित शारीरिक सम्बन्ध बनाएको आरोपमा प्रेमी पक्राउ

सिलगढी : बिहेको प्रलोभन देखाएर युवतीसित शारीरिक सम्बन्ध बनाएको आरोपमा सिलगढी महिला थाना पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। पक्रा परेका प्रेमीको नाम उमेश यादव बताइएको छ। तिनी सिलगढीको डागापुर निवासी हुन्। प्राप्त जानकारी गत 6 महिना अघि उमेश यादवको एउटी युवतीसित प्रेम सम्बन्ध भएपछि तिनले बिहेको प्रलोभन देखाएर युवतीसित दुष्कर्म गरेको आरोप रहेको छ। यसपछि युवतीले उमेशलाई बिहेको कुरा गर्दा तिनले अस्वीकार गरेपछि युवतीले सिलगढी महिला थानामा युवकविरुद्ध अभियोग दर्ता गरेको बताइएको छ। अभियोगको आधारमा पुलिसले उमेश यादवलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *