बिजनबारी क्षेत्रबाट डेढ सयभन्दा अधिक परिवार गोजमुमो विनय खेमामा सामेल

बिजनबारी : दार्जिलिङको बिजनबारी अन्तर्गत पर्ने रेलिङ कैजले समष्टिको विभिन्न क्षेत्रहरूबाट गोरामुमो त्यागेर 1 सय 17 घर परिवार अनि चुङथुङ मारेबुङ तामसाङ समष्टिको विमल खेमाबाट 34 घर परिवार गोजमुमो विनय खेमामा सामेल भएका छन्। आज रेलिङ कैजले समष्टि अन्तर्गत पर्ने लङ्गुरदान, लामा गाउँ, समलबुङ, लिङ्तेन र रेलिङ क्षेत्रबाट सनिप लिम्बूको नेतृत्वमा मोठ 1 सय 17 घर परिवार विनय पन्थीमा सामेल भएका छन्। यसैगरी, सरजु छेत्री र गोविन्द गुरूङको नेतृत्वमा चुङथुङ मारेबुङ तामसाङ समष्टिको विमल खेमाबाट 34 घर विनय खेमामा आज सामेल भए। गोजमुमो 2-का अध्यक्ष विनय तामाङको प्रमुख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा पार्टीमा सामेल हुनेहरूलाई पार्टी अध्यक्षले खदा लगाइदिएर आफ्नो पार्टीमा स्वागत जनाए।


यस अवसरमा केन्द्रीय उपाध्यक्ष सतीश पोखरेल, युवा मोर्चा अध्यक्ष अमृत योञ्जन, एलएम लामा, युवा मोर्चा महासचिव अरूण छेत्री, पुल बिजनबारी क्षेत्रका अध्यक्ष तथा सचिव, चुङथुङ मारेबुङ समष्टि अनि रेलिङ कैजले आदि क्षेत्रका पार्टीका शीर्ष नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। आजको सभा अवधि विशेष गरेर रेलिङ कैजले समष्टिका करण छेत्रीलाई युवा मोर्चा केन्द्रीय समिति सदस्य, पृथिवी राज लिम्बूलाई रेलिङ कैजले समष्टिको युवा मोर्चा कार्यकारिणी अध्यक्ष, दुर्गा लिम्बू र सनिप लिम्बूलाई रेलिङ कैजले युवा मोर्चाको सांगठनिक सचिव, दर्शन गुरूङलाई समष्टिको कार्यकारिणी सदस्य, दोर्जे तामाङलाई रेलिङ कैजले समष्टिका उपसभापति तथा कमल गिरीलाई केन्द्रीय समितिमा सामेल गरिएको घोषणा पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/