बिजनबारी चुङथुङमा खाद्य वितरण, निःशुल्क स्वास्थ्य जाँच शिविर

बिजनबारी:  महात्मा गाँधी जन्मजयन्तीको शुभ उपलक्ष्यमा चुङथुङ दिलबीर धुरा नव युवक समाजको पहलमा दिलबीर धुराका 40 घर परिवारहरूलाई खाद्य सामग्री वितरण गर्नको साथै दार्जिलिङ फोसेप-द्वारा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना पनि गर्यो। फोसेप मुख्य सचिव भरत प्रकाश राईले महात्मा गाँधीको तस्विर अघि दीप प्रज्ज्वलन गरी खादा अर्पण गरे।


यस अवसरमा दार्जिलिङ फोसेप कार्यालयको प्रमुख सचिव भरत प्रकाश राई, दार्जिलिङ सरकारी अस्पतालका डा. नर्बु शेर्पा, अन्य कार्यकर्ताहरू लगायत दिलबीर धुरा नव युवक समाजका सभापति लोकेश थापा, सचिव देउकुमार मगर, उप सभापति नरबीर मगर, कोषाध्यक्ष शरण थापा, सल्लाहाकार धनबहादुर थापा, मजिन राई, सञ्जित थापा, सञ्जय राणा, गोपी तामाङ, तामाङ समाजका सचिव प्रितम तामाङ, सल्लाहाकार राजेश तामाङ, वाङ तामाङ, सरोज तामाङ, मदन माले लगायत अन्य समाजिक कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet