बिजनबारी : बिजनबारीको गोक ग्राम पञ्चायत दुईका कर्मचारीहरूद्वारा 6 वटा पल्स अक्सीमिटर आज बिजनबारी ग्रामीण अस्पतालका चिकित्सक प्रभारी अन्सुल चौधरीलाई सम्पियो। यस अवसरमा बिजनबारी ग्रामीण अस्पताल रोगी कल्याण समितिका अध्यक्ष निर्मल सिंह उपस्थित थिए। तिनले कोरोना परिस्थितिमा अस्पताललाई यसरी सहयोग पुरयाएकोमा आभार प्रकट गरे। बीएमओएच अन्सुल चौधरीले पनि आभार प्रकट गर्दै उक्त समानहरू सब सेन्टरहरूमा पठाइने जानकारी दिएका छन्।
