बिजनबारी: बिजनबारी ग्रामीण अस्पतालको मुख्य निर्देश तथा सिरिसे उप स्वास्थ्य केन्द्रको आयोजना एवम् समृद्धि समाज लोअर सिरिसेको पहलमा आज कैजले ग्राम अधीनस्थ लोअर सिरिसेमा रेपिड एन्टिजेन टेस्ट शिविरको आयोजना गरियो। उक्त शिविरमा लगभग एक सयजना स्थानीय मानिसहरूले रेपिड एन्टिजेन टेस्ट गराएका थिए भने तिनीहरूमध्ये चारजनाको रिपोर्ट पोजिटिभ पाइएको छ। तिनीहरूलाई स्वास्थ्य कर्मीहरूको निर्देशमा होम आइसोलेसनमा राखिएको छ। रेपिड एन्टिजेन टेस्ट शिविर आयोजना गरिएकोमा सम्पूर्ण स्वास्थ्य कर्मीहरू लगायत सहयोगीहरूलाई समाजको पक्षबाट सचिव निर्मल शर्माले आभार प्रकट गरेका छन्।
