बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधिनस्थ नयाँ नोर ग्रामको तल्लो नोर, रसिक ग्राम सन्ते गाउँ निवासी सुमित लिम्बुले हालै राज्य सरकारद्वारा आयोजित पुलिस विभागको एसआई परीक्षामा राज्यभरिमैं 70 औ स्थान ओगटेर उतीर्ण भएपछि यस ईलाकालाई नै गर्वित तुल्याएका छन। चित्र बहादुर ताम्लिङ लिम्बु र पुर्णिमा राईको एकमात्र सुपुत्र सुमित ताम्लिङ लिम्बु पश्चिम बंगाल पुलिस रिक्रुडमेण्ट बोर्डद्वारा हालै जारी गरिएको परीक्षाको परिणाममा 70 औ स्थानमा उतीर्ण भएका छन्। सानैदेखि लगनसिल तथा मेहनती सुब्बाको सफलताले गाउँ घरमा खुसीको लहर छाएको छ भने स्थानीय संस्था नयाँ नोर युमा साम्योले तिनलाई सफलताको निम्ति हार्दिक बधाई एवम् शुभकामना प्रकट गरेको छ।
