बिजनबारीको विभिन्न क्षेत्रबाट 46 परिवार गोरामुमो-मा सामेल

दार्जिलिङ : विधानसभा चुनाउ समाप्त भएपछि पनि पार्टी परिवर्तन गर्ने क्रम दार्जिलिङ पहाडमा जारी रहेको देखिन्छ। विशेष गरेर अन्य दलहरू त्यागेर गोरामुमोमा सामेल हुने क्रम जारी छ। गोरामुमो पुल बिजनबारी समष्टि अन्तर्गत विभिन्न शाखाहरूमा समष्टिले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पारिरहेको समष्टिका प्रचार प्रसार सचिव अमोद लकान्द्रीले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार बिजनबारीको नयाँ नुर ग्राम परबोङ शाखा चोसे ढुङ्गाबाट 22 घर परिवार गोजमुमो बिमल खेमा अनि विनय खेमा त्यागेर गोरामुमोमा सामेल भएका छन्। यसैगरी, यहाँको गोक 1 कमजेड़ शाखाबाट 26 घर परिवार गोरामुमोमा सामेल भएको छ। उक्त समर्थन सभामा समष्टिका उपाध्यक्ष गाइस सुब्बा, आरसी गुरुङ, डम्बर विष्ट, दिपक राई, पुरण जैरु साथै समष्टिका नारी मोर्चाका प्रतिनिधिहरू, युवा मोर्चा समष्टिका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş