बिजनबारी: नयाँ सोच तथा नयाँ विचारको कदर गर्दै पुल बिजनबारी गोक समष्टि अन्तर्गत 23/55 बुथ क्षेत्र समितिको मालताङबाट 28 परिवार गोजमुमो विनय खेमामा सामेल भएका छन्। मालाताङ सार्वजनिक भवनमा वाईबीर सुब्बाको अध्यक्षता अनि समष्टि सभापति एसएम राईको प्रमुख अतिथ्यमा आज मालाताङ गाउँका 28 घर परिवारले गोरामुमो पार्टी छोडेर गोजमुमो विनय खेमामा सामेल भएका छन्। समष्टि सभापति एस राई तथा महासचिव दिपक तामाङले दलीय झण्डा प्रदान गरेर नयाँ सामेलकारीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाए। हर्क राज राईद्वारा सञ्चालित सभालाई समष्टि सह सचिव गंगा प्रधान, युवा मोर्चा सभापति सनित लामा, समष्टि सचिव दिपक तामङ र समष्टि सभापति एसएम राईले सम्बोधन गरेका थिए।