बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधिनस्थ रेलिङ ग्राम पञ्चायतको बिजनबारी बजार नजिक रेलिङ फोर जिरोमा आज हत्या भएको घटना प्रकाशमा आएको छ। घटनानुसार 45 वर्षीय चित्रकला गुरुङको मध्य दिउँसोतिर हत्या भएको थाहा लागेको छ। हत्याको समयमा श्रीमती गुरुङ घरमा एक्लै रहेको तथा तिनलाई घाँटीमा धारिलो हतियार प्रहार गरिएको बताइएको छ। यसको साथै हत्याराले तिनको हत्या गरेपछि बहुमूल्य सर-समानहरू पनि चोरी गरेर चम्पट कसेको पुलिस सूत्रले जनाएको छ। मृतक बिजनबारी विद्यासागर उच्चतर माध्यमिक विद्यालयमा कार्यरत रबीन गुरुङकी श्रीमती रहेको थाहा लागेको छ भने घटनाको समयमा तिनी स्कुल गएका थिए।
अर्कोतिर हत्याको सटीक कारण हालसम्म थाहा नलागेको तर पुलबजार थानाले घटनाको निरीक्षण गरेर छानबिन शुरु गरेको जनाएको छ।
